काँग्रेस चितवनका युवा नेता रामकुमार श्रेष्ठले गरे ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग

भरतपुर, १७ चैत

नेपाली काँग्रेस चितवनका युवा नेता तथा व्यवसायी रामकुमार श्रेष्ठले लकडाउनका बेलामा खाद्यान्न अभावमा झेलिरहेका नारायणगढका दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

नारायणगढस्थित नारायणी नदी किनारमा रहेको सुकुम्बासी बस्तीका १८ परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन् । उनले आज (सोमबार) विहान सोही स्थानमा पुगेर केही दिनलाई पुग्ने गरी चामल, दाल, नुन, चाउचाउ र नगद सहयोग गरेका हुन् । श्रेष्ठले पहिलो चरणमा अतिआवश्यक व्यक्तिहरुलाई सो सामग्री सहयोग गरेको बताए ।

उनले विषमपरिस्थितिमा मजदुरहरु समस्या परेपछि सानो सहयोग गरेको बताए । उनले सरकारको तर्फबाट पनि जतिसक्दो छिटो सहयोग हुनुपर्नेमा जोड दिए ।

समाजसेवी श्रेष्ठले विभिन्न समयमा यस्तै सहयोगहरु गर्दै आइरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट