प्रहरीको अग्रसरतामा सरसफाइ

भरतपुर, २२ कात्तिक । प्रहरीचौकी सीतारामचोकले स्थानीयस्तरमा सरसफाइ गरेको छ । स्थानीय टोल सुधारलाई समन्वय गराएर प्रहरीचौकीको नेतृत्वमा सीतारामचोकदेखि चोकबजारसम्म सरसफाइ गरिएको हो । सरसफाइका लागि त्यस क्षेत्रमा आवातजावत गर्ने सवारीसाधन रोकेर फोहर नफाल्न सचेत गराइएको सीताराम चौकी ईञ्चार्च प्रहरी सहायक निरीक्षक कल्पना खड्काले बताइन् । झ्यालबाट फोहर फाल्दा असर गरेको भन्दै सवारीसाधन भित्रै फोहर […]
चितवनमा प्रचण्डको आवश्यकता किन छ ?

चितवन । चितवन नेपालकै मध्य भागमा छ । मेची देखि महाकाली होस् या पश्चिम ,पुर्वबाट राजधानी पुग्न चितवन भएर नै जान पर्दछ । चितवनलाई नेपालकै ७६ औ जिल्लाको रुपमा हेरिदै आईएको छ । त्यसो त चितवनलाई वैकल्पीक राजधानीको रुपमा विकास गर्ने भनी कसरत नभएको पनि होईन् । देश लामो समय देखि राजनीतिक संक्रमणमा गुज्रीयो । […]
एमाले र माओवादीको लागि यो अन्तिम चुनाव-खाँड

२२ कात्तिक । नेपाली काँग्रेसले वाम गठवन्धनका नाममा व्यवस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने चेतावनी दिएको छ । नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक बालकृष्ण खाँडले कम्युनिष्ट शासन ल्याउने तथा निरंकुशता लाद्ने सपना देखे यो चुनाव एमाले र माओवादीका लागि […]
नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै

चितवन, २२ कात्तिक (रासस) ः नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ । वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने […]
बाम गठबन्धन जनता झुक्काउने प्रपन्च मात्रै ः श्रेष्ठ

२२ कात्तिक . नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर दुईले निर्बाचनलाई लक्षित गर्दै प्रचार प्रसारलाई तिब्र बनाएको छ । प्रचार प्रसारका लागि बिभिन्न उपसमितिहरु गठन गरि प्रचार प्रसारका लागि तिब्र बनाएको हो । चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश अधिकारीको संयोजकत्वमा ५ सय १ सदसिय प्रचार प्रसार समिति, प्रदेश नम्बर (क) मा प्रचार प्रसार […]
सांसदको तलब भत्ता सिप विकासमा खर्चिने कोईरालाको प्रतिबद्धता

कार्तिक २२/नेपाली काग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर ३ को प्रदेश उमेदवार दिनेश कोईरालाले आफु निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । आफु सांसद भए त्यस वापत पाउने तलब भत्ता सिप विकासमा खर्चिने बताउनु भएको छ । पाएको तलब र भत्तालाई आफ्नाो क्षेत्रका महिला र युवाको सिप विकास लागि सहयोग गर्ने उहाँले बताउनुभयो । […]
औद्योगिक क्षेत्र बनाउने अधिकारीको संकल्प

विप्लव काफ्ले चितवन, २२ कार्तिक । मंसीर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा जनमत बटुल्न उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय बनेका छन् । चितवन २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नेता प्रकाश अधिकारी पनि चुनावी अभियानमा लागिपरेका छन् । उनी चुनावी सभा भन्दा बढी जनतासँग प्रत्यक्ष भेटघाट […]
शिक्षा र सामाजिक विकास

दृष्टिकोण पवन सुवेदी मानवलाई सभ्य, सुसंस्कृत, स्वावलम्वी, दूरदर्शी, अनुशासित, चलाख बनाउने र ज्ञान बढाउने साधना शिक्षा हो । शिक्षाले मानवलाई व्यक्तिगत र सामाजिकरुपमा परिवर्तन गर्ने फराकिलो क्षमता राख्दछ । शिक्षा व्यक्तिगत र सामाजिक विभेदमा समानता ल्याउने प्रभावकारी साधन हो, यो मानव जीवनमा अपरिहार्य छ । शिक्षा मानवीय व्यवहारिक ज्ञानसँग मिल्न सकेको खण्डमा यसले सामाजिक विकृति […]
लोकतन्त्रको आधार निर्वाचन– प्रधानमन्त्री देउवा

२२ कात्तिक (रासस) ः प्रधानमन्त्री शेरबहाखुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको […]
हतियार बुझाउन चितवन प्रशासनको निर्देशन

२२ कात्तिक।जिल्ला प्रशासन कार्यालयले निर्वाचनमा हतियारको प्रयोग हुनसक्ने भन्दै वैध वा अवैधरूपमा राखिएका सबै हतियार बुझाउन निर्देश गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अवैध हतियार बुझाउने म्याद यही कात्तिक मसान्तसम्मलाई दिइएको भन्दै त्यसपछि हतियार फेला पारे कडा कारबाही गरिने चेतावनी दिनुभयो । जिल्लामा १८७ वटा हतियार दर्ता भएपनि दर्ता नगरी र नवीकरण नगरी […]
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन

चितवन, २२ कात्तिक (रासस) ः भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ । भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको […]
नेपाली काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज

लुम्बिनी २१ कात्तिक (रासस) ः नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ । नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी […]
चुनावको मुखैमा नारायणकाजी घाइते, बाबुरामलाइ फाइदा

२२ कात्तिक, गोरखा । बाबुराम भट्टराईसंग चुनावी मैदानमा उत्रिएका माओवादी केन्द्रका नेता तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । तर अवस्था सामान्य छ । घाइते भएपछि […]
शुरु गर्यो चिनियाँ टोलीले रेलमार्गको अध्ययन गर्न

कात्तिक २२, नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो । जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । आजको […]
काठमाडौं ४ मा गगन थापा हार्लान् कि जित्लान् ? सम्भावना यस्तो छ

२२ कात्तिक । पहेँलपुर माला, खादा र अबिर हेर्दा लाग्छ- जितहारै छिनोफानो भइसक्यो, तर कांग्रेस नेता गगन थापाको अनुहारमा झल्किने मानसिक दबाबले त्यसो भन्दैन । वाम गठबन्धनबाट अघि सारिएका रैथाने एमाले नेता राजन भट्टराई उनीसँग भिड्न तयार छन् । आ-आफ्ना दलभित्र भविष्य ठानिएका दुई युवाको भिडन्तले काठमाडौं-४ को चुनावी माहोल खास बन्दै छ । ‘गगनको […]
तीव्र वाकयुद्धमा प्रचण्ड–विक्रम

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२२ कात्तिक । चितवन ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका गठबन्धनका उम्मेद्वारबीच ‘वाकयुद्ध’ सुरु भएको छ । यो क्षेत्र वर्तमान वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चुनावी मैदान हो । केही दिनअघि पाण्डेलाई ‘अराजनीतिक व्यक्ति’ भन्दै ठेक्कापट्टा छोड्न वा राजनीति छाड्न चुनावीसभाबाटै चुनौती दिएका प्रचण्डलाई पाण्डेले कडा जवाफ […]
बद्री गएर झन् सजिलो- विक्रम पाण्डे

२२ कात्तिक । चितवन ३ नम्बर क्षेत्रबाट उम्मेद्वार रहेका राप्रपा(प्रजातान्त्रिक) का उम्मेद्वार विक्रम पाण्डेले जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले पार्टी परित्याग गरेर झनै चुनावी माहोल बनेको प्रतिक्रिया दिएका छन् । तिमिल्सिना शनिबार माडीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्र प्रवेश गरेका थिए । “कमल थापा, प्रकाशचन्द्र लोहनी नेतृत्वको जिल्लामा रहेको पार्टी पनि प्रजातान्त्रिकमा आएका छन्”, उनले भने, […]
आचारसंहिता पालना गर्न आग्रह

भरतपुर,२२ कात्तिक । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले निर्वाचन आचरसंहिता पालना गर्न आग्रह गरेको छ । भरतपुरमा आयोजित पत्रकारसँगको साक्षात्कारमा कार्यालयले निर्वाचनलाई स्वतन्त्र र विश्वसनीय बनाउन सबैलाई आचारसंहिता पालना गर्न अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता २०७२ हाल कार्यान्वयनमा छ । यो आचारसंहिता असोज २३ गते तेस्रो पटक संशोधन भइसकेको छ । निर्वाचन आयोग ऐन–२०६३ […]
चितवनमा सुरक्षा व्यवस्था कडा

२२ कात्तिक । आसन्न निर्वाचनलाई लक्षित गरी चितवनमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विगतका निर्वाचनबाट पाठ सिकेर जिल्ला सुरक्षा योजना तयार भएको बताए । उनले सुरक्षा अभाव हुन नदिन लागिपरेको बताए । सुरक्षा निकायका चारै वटा निकायबीच उच्च सहकार्य गरेर नियमति चेकजाँच, निगरानी लगायतका काम […]