२२ कात्तिक ।
चितवन ३ नम्बर क्षेत्रबाट उम्मेद्वार रहेका राप्रपा(प्रजातान्त्रिक) का उम्मेद्वार विक्रम पाण्डेले जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले पार्टी परित्याग गरेर झनै चुनावी माहोल बनेको प्रतिक्रिया दिएका छन् । तिमिल्सिना शनिबार माडीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्र प्रवेश गरेका थिए ।
“कमल थापा, प्रकाशचन्द्र लोहनी नेतृत्वको जिल्लामा रहेको पार्टी पनि प्रजातान्त्रिकमा आएका छन्”, उनले भने, “उनी गएर झनै राम्रो भएको छ, उनी पछिल्लो समय सक्रिय थिएनन् ।” उनले आफू लगातार एउटै चुनाव क्षेत्रबाट चुनाव लडेकाले नहार्ने दावी उनले गरे ।





