सांसदको तलब भत्ता सिप विकासमा खर्चिने कोईरालाको प्रतिबद्धता

कार्तिक २२/नेपाली काग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर ३ को प्रदेश उमेदवार दिनेश कोईरालाले आफु निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । आफु सांसद भए त्यस वापत पाउने तलब भत्ता सिप विकासमा खर्चिने बताउनु भएको छ । पाएको तलब र भत्तालाई आफ्नाो क्षेत्रका महिला र युवाको सिप विकास लागि सहयोग गर्ने उहाँले बताउनुभयो । ३ नम्बर क्षेत्र अन्र्तगत प्रदेश तर्फको ‘ क’ बाट दिनेश कोईरालाले उमेदवारी दिएका हुन । राजनैतिक तथा सामाजिक ज्ञान हासिल गरेका कोईरालाले विकास नै आफ्नो प्राथमिकता भएको बताउनुभयो । चुनावि कार्यक्रम अन्र्तगतको सभामा वोल्दै उहाँले भिजन विना विकास सम्भव नहुने भन्दै विकासको मोडालिटी तयार गरेको जानकारी दिनुभयो ।
उहाँले अरुलाई आरोप लगाएर आफु माथि नआउने भन्दै आफ्नो योजनाका साथ मतदाताकोमा पुगेको बताउनुभयो । लोकतान्त्रिक गठबन्धनबाट उमेदवारी दिनुभएका काग्रेस नेता दिनेश कोईरालाले आश्वासनले देश नबने भन्दै आफु होईन देश बनाउनु सच्चा नेतृत्व भएको बताउनुभयो । कोईरालाले जनलहर आफु पट्टी आएको भन्दै सबैको साथ पाएको प्रतिकृया दिनुभयो ।
आज शिवनगरमा नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टीको संयुक्त प्रचार प्रसार कार्यालयको उदघाटन गरिएको छ । नेपाली काग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङलेले कार्यालयको उदघाटन गर्नुभयो । गुरुङले प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई निताउनका लागि आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उमेदवार विक्रम पाण्डेले स्थानिय समस्या वारे भिजेको भन्दै जनताको चाहनामा कुठाराघात नगर्ने बताउनुभयो ।
आजै पश्चिम चितवनको कान्छि चोकमा पनि कोण सभा गरिएको थियो । सभासंगै कोईरालाले घरदैलो कार्यक्रमलाई पनि निरन्तरता दिनुभएको छ । नेपाली काग्रेसका महासमिति सदस्य , नेपाल जेशिजका पूर्व राष्ट्रिय अध्यक्ष रहनुभएका कोइराला युवा पुस्ता माझ लोकप्रिय मानिनुहुन्छ । विगत ३० वर्षदेखी उहाँ राजनितिमा सक्रिय हुनुहुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट