२२ कात्तिक, गोरखा । बाबुराम भट्टराईसंग चुनावी मैदानमा उत्रिएका माओवादी केन्द्रका नेता तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । तर अवस्था सामान्य छ ।
घाइते भएपछि बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए ।
घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाक पुग्ने उनको योजना थियो । अहिले योजना स्थगित भएको छ ।newssewa





