२२ कात्तिक .
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर दुईले निर्बाचनलाई लक्षित गर्दै प्रचार प्रसारलाई तिब्र बनाएको छ । प्रचार प्रसारका लागि बिभिन्न उपसमितिहरु गठन गरि प्रचार प्रसारका लागि तिब्र बनाएको हो । चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश अधिकारीको संयोजकत्वमा ५ सय १ सदसिय प्रचार प्रसार समिति, प्रदेश नम्बर (क) मा प्रचार प्रसार समितिको संयोजक भरत प्रसाद लामिछाने, (ख) मा करुणकान्ता पोख्रेल लाई प्रचार प्रसार समितिको जिम्मेवारी दिईएको छ ।

यस्तै अरुणेश्वर खनाललाई युवा परिचालन, टंकनाथ पौडेललाई अनुसासन समितिको संयोजकमा चयन गरेको छ । यस्तै क्षेत्रीय अनुगमन समितिमा जयराम श्रेष्ठ र प्रदेश नम्बर (क) मा राम बहादुर लामालाई जिम्मेवारी दिईएको छ । क्षेत्रीय समितिले आफ्नो क्षेत्रमा प्रचार प्रसार तिब्र बनाईएको छ । अहिले उम्मेदवारहरु वडा भेलामा लागेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर दुई (क) का उम्मेदवार जितनारायण श्रेष्ठ आज शक्तिखोरको वडा नम्बर ९ मा भएको वडा भेलामा सम्बोधन र्गनु भएको छ । काँग्रेस जनताको सुःख दुखको साथि रहेको बताउँदै उहाँले आफ्नो जितले मात्रै पहाडि क्षेत्रको बिकास सम्भब रहने बताउनु भयो । बिकासका लागि कुनै कसुर बाँकि नराख्ने बताउदै उहाँले जनताको हक अधिकारको रक्षाका लागि काँग्रेसले निर्वाचन जित्नु आबश्यक रहेको बताउनु भयो । सो अबसरमा बोल्दै श्रेष्ठले बाम गठबन्धनले देशको निकास दिन नसक्ने बताउदै संबिधान जारी गर्ने महत्वपूर्ण जिम्मेवारी काँग्रेसले निर्बाह गरेको हुनाले अब कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसलेनै पूरा गर्ने श्रेष्ठले बताउनु भयो । बाम गठवन्धन मतदाता झुक्काउने प्रपन्च मात्रै भएको बताउँदै बिकास र संम्बृद्धिका लागि काँग्रेसनै चाहिने ईतिहाँसले प्रमाणित गरीसकेको जिकिर गर्नु भयो । आफु चितवनको पहाडी क्षेत्र शक्तिखोरमा जन्मिएको हुनाले पहाड र सहरलाई जोड्ने सुत्र आफु संग भएको श्रेष्ठले बताउनु भयो ।





