१७ जेठ ।
मालपोत कार्यालय भरतपुरका कर्मचारीलाई २५ हजार घुस रकमसहित अख्तियारको टोलीले आज पक्राउ गरेकाे छ । अख्तियार कार्यालय हेटौंडाबाट आएको प्रहरी निरीक्षक विनिमहादेव पौडेलको टोलीले कार्यालयका सहयोगी शंकरप्रसाद धिताललाई पक्राउ गरेको हो।
भरतपुर बेणीचोकका एक सेवाग्राहीबाट फिल्डमा भएको बढी जग्गा लालपुर्जामा राख्नका लागि सो रकम माग गरेको अख्तियारका अधिकारीले बताए।





