फरार एसएसपी खत्रीले गरे आत्मसमर्पण

१७ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । उनको आत्मसमर्पणसँगै सुन तस्करी प्रकरणका धेरै कुरा खुल्ने अनुमान गरिएको छ ।

मालपोत कार्यालय भरतपुरका कर्मचारी २५ हजार घुस रकमसहित पक्राउ

१७ जेठ । मालपोत कार्यालय भरतपुरका कर्मचारीलाई २५ हजार घुस रकमसहित अख्तियारको टोलीले आज पक्राउ गरेकाे छ । अख्तियार कार्यालय हेटौंडाबाट आएको प्रहरी निरीक्षक विनिमहादेव पौडेलको टोलीले कार्यालयका सहयोगी शंकरप्रसाद धिताललाई पक्राउ गरेको हो। भरतपुर बेणीचोकका एक सेवाग्राहीबाट फिल्डमा भएको बढी जग्गा लालपुर्जामा राख्नका लागि सो रकम माग गरेको अख्तियारका अधिकारीले बताए।

नारायणगढ–मुग्लिङ ढिलाइको छानविन हुन्छ ः गृहमन्त्री

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१७ जेठ ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नारायणगढ–मुग्लिङ सडक खण्ड निर्माणमा भएको ढिलाइबारे छानविन गरिने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विकास निर्माणका पूर्वाधार निर्माण सन्दर्भमा भएका कमीकमजोरी, अनियमितता, ढिलासुस्तीमा सरकार कठोर कदम चाल्ने बताए । “भर्खरै अवधि सकिएको छ । ढिलासुस्तीबारे सरकारले छानविन गर्नेछ”, उनले भने, “छानविन गरेलगत्तै […]