इन्टर स्कुल फुटबलकाे उपाधि कुलेनीलाई

भरतपुर, २९ बैशाख ।

अभिषेक चर्च रजहर नवलपुरकाे अायाेजनामा गरिएकाे इस्टर कप इन्टर स्कुल फुटबल प्रतियोगिताकाे उपाधि कुलेनी स्पाेर्ट्स एकेडेमी देवचुली-१७ नवलपुरले जितेकाे छ ।
रजहरमा शनिबार भएकाे फाइनल प्रतिस्पर्धामा जगतपुर चितवनकाे हाेप एकेडेमीलाई १-० गाेलअन्तरले पराजित गर्दै कुलेनीले जित हात पारेकाे हाे ।


कुलेनीका लागि एकमात्र गाेल खेलकाे ११ अाैं मिनेटमा राेशन क्षेत्रीले पेनाल्टीमार्फत गरेका थिए ।
विजयी हुन सफल कुलेनीले नगद ५० हजार पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पायाे भने दाेस्राे हुनेले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र पाएकाे प्रतियाेगिता संयाेजक सुकलाल तामाङले जानकारी दिए ।

प्रतियोगितामा नवलपुर, चितवन र काठमाडौंका १२ टिम सहभागी थिए । बैशाख १८ देखि सुरू भएकाे खेल १२ दिन चलेकाे थियाे । समापन समाराेह व्यवसायी सन्ताेष थापाकाे प्रमुख अातिथ्य तथा अभिषेक चर्चका पाष्टर लाेकबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अतिथि थापाले स्कूले जीवनबाटै खेल प्रवर्द्धन गर्न सके भविष्य राम्राे हुने बताए । कार्यक्रम संयाेजक तामाङले नयाँ प्रतिभालाई थप बलियाे बनाउनका लागि कार्यक्रम गरिएकाे बताए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि जारी राखिने बताए ।
कार्यक्रमका अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले नेपाली फुटबलमा नयाँ नेतृत्व अाएकाे भन्दै देशव्यापीरूपमा फुटबल विकासका लागि सबैले अा-अाफ्नाे ठाउँबाट सहयाेग गर्नुपर्ने बताए । अभिषेक चर्चकाे याे कार्यक्रमको प्रेरणाले चितवनमा पनि नयाँ प्रतिभा प्रस्फुटन गर्न लाग्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट