नारायणीको सिग्नेचर पुल निर्माणमा ढिलाइ, ठेकेदारका अन्य आयोजनाको पनि छानबिन हुने

भरतपुर । नारायणी नदीमाथि निर्माणाधीन सिग्नेचर पुलको कामले अपेक्षित गति लिन नसकेपछि सरकारले निर्माण कम्पनीमाथि दबाब बढाउने भएको छ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पुल निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निर्माण कम्पनीले देशभर जिम्मा लिएका आयोजनाको विवरण माग गरेका छन् ।

पुल निर्माणस्थलको अनुगमनका क्रममा अपेक्षाअनुसार काम अघि नबढेको पाएपछि मन्त्री लम्सालले निर्माण कम्पनीलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले एउटै कम्पनीले विभिन्न स्थानमा जिम्मा लिएका आयोजनामा समेत काम नगरेको पाइएको भन्दै सबै ठेक्काको अवस्था छानबिन गरी आवश्यक परे एकैपटक ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

‘यो ठेकेदारले देशभरका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकैसाथ सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने, ‘यस्ताले देशलाई नै क्रोनिक बनाउँछन् । अर्कोपटक आउँदा कि तालिकाअनुसार काम हुनुपर्‍यो या ठेक्का तोडेको हुनुपर्छ ।’

मन्त्री लम्सालले निर्माण कम्पनीले जिम्मा लिएका सबै आयोजनाको वास्तविक भौतिक प्रगति विवरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सरकारले अब नारायणी सिग्नेचर पुलको निर्माण प्रगतिलाई मात्रै नभई सम्बन्धित कम्पनीको समग्र कार्यसम्पादनलाई समेत आधार बनाएर थप निर्णय लिने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट