रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं, १० मङ्सिर ।

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार ९१५ जना नेपाली र सातवटा विदेशी नियोगबाट यकिन भएका ६२३ जना विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।

बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ । यसले २०८७ सालसम्म सबै समुदायमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार तथा प्रभावकारी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत स्वीकृत गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट