रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं, १० मङ्सिर । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार ९१५ जना नेपाली र सातवटा विदेशी नियोगबाट यकिन भएका ६२३ जना विदेशी नागरिकलाई […]
नारायणी महोत्सवमा शुक्रबार खुमन अधिकारी, रेजिना बीसी र गोर्खे राजा आउने

चितवन, १० मङ्सिर । नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा शुक्रबार (मङ्सिर ११ गते) लोकप्रिय कलाकार खुमन अधिकारी, रेजिना बीसी र गोर्खे राजाको प्रस्तुति रहने भएको छ । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारका साथै नारायणी कला मन्दिर, नारायणगढका विभिन्न सांस्कृतिक प्रस्तुति र आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रमसमेत भइरहेका छन् । महोत्सवमा विभिन्न व्यापारिक […]
मोडिफाइ गरिएका दुईपाङ्ग्रे सवारीसाधन पुरानै स्वरूपमा फर्काइँदै

काठमाडौँ, १० मङ्सिर । ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका दुईपाङ्ग्रे सवारीसाधनलाई पुरानै अवस्थामा फर्काउन थालिएको छ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बग्गीखानामा राखेका सवारीसाधनलाई मापदण्डअनुसार पुरानै स्वरूपमा फर्काउन निर्देशन दिएपछि सवारीधनी तथा चालकहरू मिस्त्रीसहित मर्मतमा जुटेका हुन् । ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधनलाई आवश्यक सुधार गरी निर्धारित मापदण्डअनुसार बनाएपछि मात्रै फिर्ता […]
नारायणगढ र गैँडाकोट जोगाउन नारायणीमा एकीकृत तटबन्धको पहल

भरतपुर, १० मङ्सिर । चितवन उद्योग वाणिज्य संघको सचिवालयमा नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका तटीय बस्ती जोगाउने उद्देश्यले नारायणी नदी किनार तटबन्धसम्बन्धी छलफल सम्पन्न भएको छ । छलफलमा सरोकारवाला निकाय, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा स्थानीय प्रतिनिधिहरूको सहभागितामा छलफल आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, […]
नारायणी नदीको किनारमा एकीकृत तटबन्ध निर्माण गर्न सरोकारवालाको जोड

भरतपुर । नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका बस्ती जोगाउन दुवै किनारमा एकीकृत र सन्तुलित तटबन्ध निर्माण गर्न सरोकारवालाले जोड दिएका छन् । चितवन उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित छलफलमा सहभागी जनप्रतिनिधि, प्राविधिक विज्ञ, व्यवसायी तथा स्थानीय बासिन्दाले नदीको बहाव र दुवै किनारको भौगोलिक अवस्थालाई अध्ययन गरी संयुक्त गुरुयोजना बनाउनुपर्ने बताएका […]
गुणस्तरीय सेवा दिएर मात्रै नाफा कमाउनुस्, गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, १० मङ्सिर सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको […]