नारायणी महोत्सवमा शुक्रबार खुमन अधिकारी, रेजिना बीसी र गोर्खे राजा आउने

चितवन, १० मङ्सिर ।
नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा शुक्रबार (मङ्सिर ११ गते) लोकप्रिय कलाकार खुमन अधिकारी, रेजिना बीसी र गोर्खे राजाको प्रस्तुति रहने भएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय कलाकारका साथै नारायणी कला मन्दिर, नारायणगढका विभिन्न सांस्कृतिक प्रस्तुति र आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रमसमेत भइरहेका छन् ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल, बालउद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र पिरामिड गेट मुख्य आकर्षणका रूपमा रहेका छन् ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मङ्सिर ३ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार तथा आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ । बाढीका कारण कुरूप बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

महोत्सव प्रवेशका लागि साधारण टिकट १०० र विद्यार्थी टिकट ८० रुपैयाँ निर्धारण गरिएको छ । केही दिन साँझ ५ देखि ९ बजेसम्म विशेष कन्सर्टसमेत हुनेछ । कन्सर्ट जोनका लागि साधारण टिकट ३०० र भिआइपी टिकट ५०० रुपैयाँ तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटबाटै महोत्सव अवलोकन गर्न सक्नेछन् ।

आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट