स्काइ राइडरद्वारा एसईईमा ४ जीपीए ल्याउने पाँच विद्यार्थी सम्मानित

रत्ननगर, २१ कात्तिक ।
स्काइ राइडर आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालय परिसरमा आयोजित ‘एसईई विद्यार्थी सम्मान–२०८२’ कार्यक्रममा ४ जीपीए प्राप्त गर्ने पाँच विद्यार्थीलाई विशेष सम्मान गरिएको हो ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य मदन पुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ४ जीपीए हासिल गर्ने अनुगमन शर्मा पोखरेल, क्षितिज रानाभाट, प्रशंसा पुरी, रिया पौडेल र प्रज्ञा पनेरूलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, ३.८६ देखि ३.९६ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सबै विद्यार्थीलाई सेक्सनअनुसार मायाको चिनोसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका निर्देशक दुर्गाकुमार पुरी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सरोज लामिछाने, आईएसटीयू स्काइ राइडरका अध्यक्ष कृष्णराज बराल तथा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीका तर्फबाट मन्तव्य व्यक्त गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक पूर्ण पुरी, विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि एवं परीक्षा प्रमुख हरिलाल लामिछाने, सहायक प्राचार्य केशवराज पाठक, अतिरिक्त क्रियाकलाप प्रमुख रमेश पुरी, कक्षा १० का कक्षा प्रमुख राजेश भारतीलगायतको उपस्थिति थियो ।
सरस्वती तिमल्सिना र पुनम ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा ब्याच वितरणसमेत गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट