एनपिएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, २० कात्तिक ।

नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखरा १९ ओभरमा अलआउट हुँदै १२१ रनमा समेटियो ।

पोखराका लागि अर्जुन कुमालले ४५, युवराज साम्राले १९, किरण ठगुन्नाले १३ रन र अर्जुन घर्ती मगरले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका रिजन ढकालले ४, कमलसिंह ऐरीले ३, डान मोस्ली, मौसम ढकाल र कुशल मल्लले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको चितवनका लागि कप्तान सिकन्दर राजाले ३७, रवि बोपोराले ३५, अर्जुन साउदले ३१, डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाएका थिए ।

बलिङतर्फ पोखराका चमिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।

जारी प्रतियोगितामा पोखराको यो लगातार चौथो हार हो। पोखरा अंकतालिकाको पुछारमा छ ।

चितवन भने चार खेलमा दुई जितसहित ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । चितवनको एक खेल वर्षाका कारण रद्द भएको थियो भने एक खेलमा पराजित भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट