चीन भ्रमणका अनुभव समेटिएको रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह विमोचन

गैंडाकोट, २१ कात्तिक ।
नियात्राकार रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह ‘चीन भ्रमणका सुगन्धहरू’ विमोचन गरिएको छ । रोटरी क्लब अफ गैंडाकोटको आयोजनामा शनिबार आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले कृति विमोचन गर्नुभएको हो ।

कार्यक्रममा रोटरीका पूर्वअध्यक्ष हीरालाल अर्यालले स्वागत मन्तव्य राख्दै सङ्ग्रहमा समेटिएका यात्रासंस्मरणहरू रोचक रहेको बताउनुभयो ।

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार उदय अधिकारीले चीनबारे बुझ्न यो सङ्ग्रह उपयोगी रहेको बताउनुभयो । डा. केशवराज चालिसेले कृतिमा चीन यात्राको समग्र चित्रण गरिएको उल्लेख गर्दै चीनको ऐतिहासिक महत्त्व, भौगोलिक अवस्था, सामाजिक परिवेश र राजनीतिक पक्षसमेत समेटिएको बताउनुभयो । अर्का टिप्पणीकार कपिल अज्ञातले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

अधिवक्ता रमेश काफ्लेले सहजीकरण गर्नुभएको कार्यक्रममा नियात्राकार श्रेष्ठले आफूले २०६६ सालमा गरेको चीन भ्रमणका क्रममा डायरीमा टिपोट गरेका अनुभव र अभिलेखलाई पुस्तकका रूपमा प्रकाशन गरेको जानकारी दिनुभयो ।

ममता श्रेष्ठ प्रकाशक रहनुभएको कृतिको मूल्य ३०० रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट