अन्तरविद्यालयस्तरीय देउसी–भैलो प्रतियोगितामा सनराइज इङ्लिस स्कुल प्रथम

भरतपुर, १९ कात्तिक ।
अर्किड स्कुल, भरतपुर–१० द्वारा आयोजित अन्तरविद्यालयस्तरीय देउसी–भैलो प्रतियोगिता–२०८३ मा सनराइज इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

विद्यालयले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आयोजना गरेको प्रतियोगितामा विभिन्न १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयकी शिक्षिका अञ्जु पौडेलका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । संस्कृतिको आत्मसात् र जगेर्नासँगै विद्यार्थीहरूमा मित्रवत् प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्यसमेत रहेको उनले बताइन् ।

प्रतियोगितामा ॐ शान्ति एकेडेमी द्वितीय, अल्फाबेटा एकेडेमी तृतीय र ग्रीनल्याण्ड पब्लिक स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।

विद्यालय शिक्षक–अभिभावक सङ्घका अध्यक्ष कृष्ण पण्डितले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको संयोजन अमित भुसालले गरेका थिए भने सहजीकरण हरिराम रेग्मीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट