मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

मकवानपुर, १९ कात्तिक । मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन आग्रह गर्दै देउसी–भैलो खेल्ने समयसीमा निर्धारण गरेको हो । प्रशासनले बिहीबार सूचना जारी गर्दै देउसी–भैलो तथा अन्य सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्रै सञ्चालन […]

छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

काठमाडौं, १९ कात्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न […]