मरोठ खोलाको जीवश्मले टेथिस सागर घुमायो 

योमरोठ खोला नजिकको खोल्सीको भित्तामा थुप्रिएको हड्डी जस्ता ढुङ्गाहरु देखेर मन सिरिङ्ग भएको थियो। यो २०७७ सालको घटना थियो।

माडीका ऐतिहासिक पुरातात्विक वस्तुहरूको अध्ययन गर्ने भनेर हाम्रो एउटा सानो टोली माडी नगरपालिकालाई समेत सूचना दिएर भ्रमणमा गएका थियौं ।

वनकट्टा हुँदै गर्दीबाट दायाँतिर लागेर मरोड खोला पुगेका थियौँ । खोला तरेर सानो चौरी छिचोलेर उता गएपछि एउटा खोल्सी आयो खोल्सी तरेर यसो उकालो लागेपछि ढुङ्गाको थुप्रो देखियो । ढुङ्गा भन्नु मात्रै हड्डी जस्ता ढुङ्गाहरु थिए । मित्रहरूसँग सल्लाह गरेर एउटा हड्डी ढुङ्गो मैले झोलामा राखेँ । त्यसपछि हामी गोद्दक, द्रौपदीनगर, पाण्डवनगर भीमसेनको इनार आदि ठाउँहरूमा गएका थियौं ।

अहिले शालग्राम अध्ययन गर्ने क्रममा फेरि मरोठ खोलाको त्यस ढुङ्गामो सम्झना भयो । झोलाबाट त्यो ढुङ्गा झिकेर फेसबुकमा जीवाश्म हो कि भनेर फोटो राखेँ । तर कसैले पनि यो जीवाश्म हो या ढुङमात्र हो भनेर भनेनन् । त्यसो भएपछि अरु जिज्ञासा बढ्यो र “मेटा ए आई“ लाई सोध्न पुगें । उसले जीवाश्म हुन सक्ने सम्भावना बतायो। यसपछि मन अरु उथलपुथल भयो।

जीवाश्म भनेको जंगल वा समुद्रका जीवजन्तुहरूको अवशिष्ट भाग लाखौं वर्ष जमिन वा पानीमा परिरहँदा त्यसमा ढुङ्गेकरण हुँदो रहेछ । जीवजन्तुका हड्डीभित्रका जैविक तत्वको ठाउँमा बालुवा ढुङ्गा र अन्य तत्वहरू पसेर बाहिरी आकारमात्र हड्डीको हुने र भित्री तत्वचाहिं ढुङ्गामय हुने रहेछ । लाखौं वर्षको प्रक्रियाबाट बनेको यसलाई जीवाश्म भनिदो रहेछ ।

मान्छे नजागिकन इतिहास जाग्दो रहेनछ । इतिहास त प्रकृतिको गर्भमा मस्तसँग सुतिरहेको हुने रहेछ । कति वर्षदेखि चितवन बसिएको छ कतिचोटि घुम्न गइएको छ देवघाट पनि माडी पनि ।

तर त्यहाँ प्रकृतिको गर्भमा भएर सुतिरहेको लाखौं करोडौं वर्षको इतिहास मरोट भएको भएर बोलेको सुनियो न तेथिस सागरका छालहरू चक्रेश्वर शिलामा उर्लिएको देखियो। जीवन जगतलाई हेर्ने अस्तित्वको विशाल ऐना मात्र भएर नपुग्ने रहेछ । ऐनालाई हेर्न त आँखा चाहिँदो खोलामा सुतिरहेको हड्डी ढुङ्गोले देवघाटमा उर्लिरहेको तेथिस सागरको छाल रूपी चक्रशिलाले मानवजातिलाई आफ्नो कथा सुनाउन कति पुकार लगाए होला बुझ्दै जाँदा छ वर्षअघिको मरोडको हड्डी ढुङ्गो एउटा जिज्ञासाको ढुङ्गो मात्र थियो। के होला यो भन्ने मात्र लागेको थियो। तर अहिले बुझ्दै जाँदा यो त रहेछ कसेरू पोहो रहेछ । यस्तैगरी देवघाटको चक्रशिला त आमोनाइट पो रहेछ । यो थाहा पाउँदा मन भक्कानियो। छाती फुलेर आयो ।

यो कशेरु त हो यो त लाखौं वर्ष अगाडिको चितवनको जङ्गलको दशी पो रहेछ । यो त करोडौं वर्ष अघिको त्यति सागरको दशी पो रहेछ ।

अब फेरि मनमा प्रश्न उठ्यो। यो नाइट के हो र यो कसेरु के हो मनमा यिनै कुराहरु खेले । वैज्ञानिकहरू भन्छन् १५ करोड वर्ष पहिले आजको चितवन त के नेपाल भन्ने देशको नाम निशान थिएन । चितवन देवघाट । माडी सबै त्यथिस समुद्रको भित्री भाग थियो पाँच करोड वर्ष पहिले आजको हिमाल बन्यो समुद्रको खोल बालुवा माटो ढुङ्गा सबै पहाडमा परिवर्तन भयो। अनि हिमालयबाट ठूला ठूला नदीहरू बगे । ती नदीले समुद्रका प्राणीघाट ढुङ्गा माटो बालुवा बगाएर ल्याएर चितवन उपत्यकामा थुपारिदियो त्यहाँ जंगल बन्यो जंगली जीवजन्तुहरू पैदा भए ।

आज आज देवघाटमा जुन चन्द्र चक्रेश्वर शिला छ त्यो त १० करोड वर्ष पहिलेको रहेछ । पुरानो समुद्री जीव रहेछ । समुद्रमा पौडने घुङ्गी जस्तो पानी पो रहेछ । त्यसलाई एमोनाइट भनिँदो रहेछ । र त्यो मरेपछि त्यसको खोल भित्र खनिज भरिएर त्यो चक्रचक्र भएको ढुङ्गामा परिणत हुँदो रहेछ । त्यसकारण देवघाटको चक्र शिला त विज्ञानको भाषामा आमोनाइड फोसिल पो रहेछ । नजान्नु जस्तो अप्ठ्यारो केही छैन । भनिन्छ नि जाने श्रीखण्ड नछाने खुर्पाको बेड । मेरा लागि चक्रेश्वर शिला पुजनीय वस्तु मात्र थियो त्यसको भित्री कथा थाहा नभएपछि त्यो मेरा लागि खुर्पाको भिड मात्र भएर रहेको थियो ।

तर अहिले बुझ्दा त १५ करोड वर्षको इतिहास पो बगेको रहेछ । यस्तै माडीको हड्डी ढुङ्गो केवल आश्चर्यको वस्तु मात्र थियो। तर त्यो त अहिले बुझ्दा १० लाख वर्ष पहिलेको जङ्गलको इतिहास पो रहेछ । जंगलका ठूला जीवहरूका हड्डी जमिनमा गाडिएपछि बिस्तारै त्यसभित्रको क्याल्सियम सकिँदै गएर खनिज पस्न थाल्दो रहेछ ।त्यसमा बालुवा सिलिका फलाम रहेछ कस्तो रहेछ यो कहिले नगल्ने नकुहिने ढुंगा बन्दो रहेछ ।

यसलाई जीवाष्म भनिँदो रहेछ । त्यो हड्डी ढुङ्गो त १० लाख वर्ष पहिलेको जीवासमा पो रहेछ । जतिखेर हाम्रा होमिनेट पुर्खाहरू आगो पार्न सिक्दै थिए । त्यतिखेरको घटना पो रहेछ ।

कुनै जीवजन्तुको हड्डी पानीमा वा जमिनमा १० हजार वर्ष रहँदा पनि त्यो जीवासमा भइसकेको हुँदो रहेनछ । यसरी १० लाख वर्ष पहिलेको जीवासम पो रहेछ मरोड खोलाको हड्डी ढुङ्गो त अब यसलाई हड्डी ढुङ्गो भनेर पुग्दैन यसलाई यसको वैज्ञानिक नाम जीवाष्म भन्नुपर्ने देखिन्छ । अथवा यसलाई फोसिल्स भन्नुपर्ने हुन्छ । यस्तैगरी देवघाटको चक्रशिला पनि १५ करोड वर्ष पहिलेको समुद्रभित्र डुल्ने घोङ्गी किरा जस्तो किरा जसलाई आमोनाइड भनिन्छ को जीवात्मा पो रहेछ ।

अब हाम्रो आस्था र विश्वास को आधारमा हामीले पूजा गर्दै आएको चक्रसिला यतिमा मात्र सीमित रहेको देखिएन र त्यसैगरी मरोड खोलाको हड्डी ढुङ्गो पनि खोलाको किनारमा थुप्रिएको अजिबका ढुङ्गाहरू मात्र रहेनन् यी पनि १० लाख वर्ष पहिलेका जंगली जीवहरू खासगरी गैंडा र हात्ती को गर्दनको हड्डी पुरिएर जीवाशमा भएको पो रहेछ । पूर्ण जीवासमा जीवाशमा हुनलाई १५ देखि २० लाख वर्ष चाहिँदो रहेछ ।

(यो आलेखमा प्रयोग गरिएको थम्नेबल जेनेरेटिभ एआई को सहायताले तयार पारिएको हो ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट