विपद्पीडितका लागि फेन्सी व्यवसायी महासंघको राहत अभियान

चितवन, १५ भदौ ।
रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपद्बाट प्रभावित परिवारको सहयोगका लागि फेन्सी व्यवसायी महासंघ नेपालले देशव्यापी राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

महासंघअन्तर्गत फेन्सी व्यवसायी संघ चितवनले पनि आज सोमबारदेखि राहत संकलन सुरु गर्ने जनाएको छ ।
संकलित राहत तथा आर्थिक सहयोग महासंघको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याई स्थानीय तह र सम्बन्धित निकायसँगको सहकार्यमा वास्तविक पीडितलाई वितरण गरिनेछ ।

महासंघका अध्यक्ष रामप्रसाद पौडेलले विपद्को कठिन घडीमा प्रभावितको साथमा उभिन सबै व्यवसायी तथा सहयोगी दातालाई आग्रह गर्नुभएको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट