मरोठ खोलाको जीवश्मले टेथिस सागर घुमायो 

योमरोठ खोला नजिकको खोल्सीको भित्तामा थुप्रिएको हड्डी जस्ता ढुङ्गाहरु देखेर मन सिरिङ्ग भएको थियो। यो २०७७ सालको घटना थियो। माडीका ऐतिहासिक पुरातात्विक वस्तुहरूको अध्ययन गर्ने भनेर हाम्रो एउटा सानो टोली माडी नगरपालिकालाई समेत सूचना दिएर भ्रमणमा गएका थियौं । वनकट्टा हुँदै गर्दीबाट दायाँतिर लागेर मरोड खोला पुगेका थियौँ । खोला तरेर सानो चौरी छिचोलेर उता गएपछि […]

बाढी प्रभावित क्षेत्रमा चितवनका खेलकुद संघसंस्थाले दुई लाख बढीको सहयोग गर्ने

चितवन, १५ भदौ । चितवनका खेलकुद संघसंस्थाले नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा दुई लाख बढीको सहयोग गर्ने भएका छन् । चितवन जिल्ला खेलकुद विकास समितिले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघसंस्थालाई अपिल गरेको थियो । समितिको अपिलपछि विभिन्न खेलकुद संघसंस्थाबाट २ लाख ७ हजार १६० रुपैयाँ सङ्कलन भएको छ […]

अपरान्हदेखि फेरि भारी वर्षाको चेतावनी

भरतपुर, १५ भदौ । उद्धार तथा राहतको काममा खटिनुभएकाहरूलाई बिहानै काम सक्न आग्रह गरिएको छ । अपरान्हदेखि फेरि भारी वर्षा हुने सम्भावना रहेकाले जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् । मौसमविद् विनोद पोखरेलका अनुसार यो साताभरि नै दिउँसोपख वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ‘धेरै भारी वर्षा’ […]

विपद्पीडितका लागि फेन्सी व्यवसायी महासंघको राहत अभियान

चितवन, १५ भदौ । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको विपद्बाट प्रभावित परिवारको सहयोगका लागि फेन्सी व्यवसायी महासंघ नेपालले देशव्यापी राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ । महासंघअन्तर्गत फेन्सी व्यवसायी संघ चितवनले पनि आज सोमबारदेखि राहत संकलन सुरु गर्ने जनाएको छ । संकलित राहत तथा आर्थिक सहयोग महासंघको समन्वयमा प्रभावित क्षेत्रमा पुर्‍याई स्थानीय तह र […]