अपरान्हदेखि फेरि भारी वर्षाको चेतावनी

भरतपुर, १५ भदौ ।
उद्धार तथा राहतको काममा खटिनुभएकाहरूलाई बिहानै काम सक्न आग्रह गरिएको छ । अपरान्हदेखि फेरि भारी वर्षा हुने सम्भावना रहेकाले जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् विनोद पोखरेलका अनुसार यो साताभरि नै दिउँसोपख वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ‘धेरै भारी वर्षा’ हुने चेतावनी दिइएको छ ।

भारी वर्षाका कारण पहिरो र आकस्मिक बाढीको जोखिम कायमै रहेकाले उद्धार तथा राहतमा खटिएका टोली र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पोखरेलका अनुसार अहिले वर्षा रोकिए पनि अपरान्हतिर पुनः वर्षा हुने देखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट