एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश, तीन दलका ६३ सांसदको समर्थन

मकवानपुर, ३ भदौ ।
बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरिएको छ । बुधबार एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरिएको हो ।

बहुमतसहित दाबी पेश भएसँगै थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको छ । प्रदेश प्रमुखले आजै थापालाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिएको छ। थापासँगै नेकपाका तर्फबाट एक जनालाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी रहेको बताइएको छ । सम्भवतः नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइनेछ ।

राप्रपाले भने तत्काल सरकारमा सहभागी नभई सरकार गठनका लागि समर्थन मात्र गरेको जनाएको छ । केही समयपछि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताइएको छ ।

बाँकी मन्त्रीको नाम र मन्त्रालयको बाँडफाँट भने केही दिनभित्र टुंगो लाग्ने जनाइएको छ ।

यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । बैठकले संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता लिँदै उनलाई संसदीय दलको नेतामै निरन्तरता दिने निर्णयसमेत गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट