बागमतीमा नयाँ सरकार गठनको लागि आह्वान 

मकवानपुर, १ भदौ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम स्वीकृत गरिएको जनाएको छ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

यसअघि मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन पश्चात् राजिनामा दिने घोषणा गरेका थिए । विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि मत विभाजनमा नगई पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट