बागमतीमा नयाँ सरकार गठनको लागि आह्वान 

मकवानपुर, १ भदौ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँले […]

रानाभाट/भाट समाजको बृहत् छलफल : खस आर्यमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने निष्कर्ष

काठमाडौं, १ भदौ । रानाभाट/भाट समाज नेपालले रानाभाट/भाट समुदायलाई खस आर्यमा सूचीकृत गर्ने विषयमा ‘छलफल तथा सुझाव संकलन कार्यक्रम–२०८३’ सम्पन्न गरेको छ । काठमाडौंको कलंकीस्थित परिवार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा खस आर्यको सूचीकरणसम्बन्धी विषयमा समुदायका धारणा, सुझाव र आवश्यक पहलका विषयमा छलफल गरिएको थियो । खस आर्यमा सूचीकृत गर्न बनेको उच्चस्तरीय समन्वय समितिका संयोजक सुरेन्द्रबहादुर […]

‘मुना’ र ‘नारी’मार्फत विद्यार्थीमा पढ्ने संस्कार विकासको प्रयास

भरतपुर, १ भदौ । विद्यार्थीमा पठन संस्कृतिको विकास गराउने उद्देश्यले भरतपुर निवासी तथा हाल जापानमा रहनुभएकी अमृता तिमिल्सिनाको जन्मदिनको अवसरमा उहाँका पिता सोमराज तिमिल्सिनाले विश्वप्रकाश माध्यमिक विद्यालय, मङ्गलपुरका १२० जना विद्यार्थीलाई ‘मुना’ पत्रिका उपलब्ध गराउनुभएको छ । कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई ‘मुना’ वितरण गर्दै अभिभावक तिमिल्सिनाले अध्ययनले ज्ञानको उज्यालो बढाउने […]

माडीमा ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा

चितवन, १ भदौ । माडी नगरपालिका–३ वसन्तपुरस्थित हस्पिटल रोडमा करिब १० लाख रुपैयाँको लगानीमा ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा आएको छ । सलुनको उद्घाटन माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर गर्नुभयो । सलुनका सञ्चालक ३१ वर्षीय भरतबहादुर स्वाँर हुन् । कैलाली घर भएका स्वाँर चार वर्षदेखि माडीमा फिजियोथेरापी सेवा सञ्चालन गर्दै आउनुभएको छ […]

विश्वासको मत नलिई मुख्यमन्त्री बानियाँले दिए राजीनामा

मकवानपुर, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका छन् । सोमबार विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको भए पनि बानियाँले विश्वासको मतको प्रक्रियामा नगई मार्ग प्रशस्त गर्न राजीनामा दिने घोषणा गरेका हुन् । प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा उपलब्धि […]

कालिका ओपन स्काउट क्र्युको वार्षिकोत्सवमा १३ रोभर–रेन्जर सम्मानित

चितवन, १ भदौ । कालिका ओपन स्काउट क्र्यु (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ सम्पन्न भएको छ । कालिका नगरपालिका–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउटिङ, सामाजिक सेवा तथा नेतृत्व विकासमा योगदान पुर्‍याउने १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको हो । कार्यक्रममा क्र्युमा आबद्ध नयाँ १४ जना रोभर–रेन्जरलाई स्वागतसमेत गरिएको थियो । […]