कालिका ओपन स्काउट क्र्युको वार्षिकोत्सवमा १३ रोभर–रेन्जर सम्मानित

चितवन, १ भदौ ।
कालिका ओपन स्काउट क्र्यु (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ सम्पन्न भएको छ । कालिका नगरपालिका–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउटिङ, सामाजिक सेवा तथा नेतृत्व विकासमा योगदान पुर्‍याउने १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको हो ।

कार्यक्रममा क्र्युमा आबद्ध नयाँ १४ जना रोभर–रेन्जरलाई स्वागतसमेत गरिएको थियो । प्रमुख अतिथि कालिका नगर स्काउटका निवर्तमान प्रमुख आयुक्त स्काउटर रचना लामाले स्काउटिङ गतिविधि युवाको नेतृत्व, अनुशासन र सामाजिक सेवासँग जोडिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । रोभर–रेन्जरहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा क्र्युका अध्यक्ष स्काउटर सेवक अधिकारीले दुई वर्षको आय–व्यय तथा आगामी कार्यक्रमबारे जानकारी गराउनुभयो । आगामी भदौमा नगरस्तरीय क्याम्प तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

स्थापनाको दुई वर्षमा क्र्युले सामाजिक सेवा, विपद् जोखिम न्यूनीकरण, सरसफाइ, जनचेतना तथा नेतृत्व विकाससम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट