छाउपडीविरुद्ध बुलन्द बन्यो ‘हली’, चितवनमा दर्शकको भावुक प्रतिक्रिया

भरतपुर, २२ साउन ।
शुक्रबारदेखि चितवनको सीजी ल्याण्डमार्कमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘हली’ले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।

छाउपडीजस्तो अमानवीय कुप्रथाविरुद्ध सशक्त सन्देश दिएको भन्दै दर्शकहरूले चलचित्रको खुलेर प्रशंसा गरेका छन् ।

दर्शकका अनुसार ‘हली’ले मनोरञ्जनसँगै समाजमा गहिरो जरा गाडेर बसेका अन्धविश्वास, विभेद र असमानताविरुद्ध प्रभावकारी रूपमा आवाज उठाएको छ । महिलाको सम्मान, समानता र मानवअधिकारको पक्षमा प्रस्तुत कथावस्तुले धेरै दर्शकलाई भावुक बनाएको छ ।

चलचित्रको कथा, निर्देशन, छायांकन र कलाकारहरूको स्वाभाविक अभिनयले कथालाई अझ प्रभावशाली बनाएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।
समाज परिवर्तनका लागि कला सशक्त माध्यम बन्न सक्छ भन्ने सन्देश ‘हली’ले प्रभावकारी रूपमा प्रवाह गरेको उनीहरूको विश्वास छ ।

दर्शकहरूले ‘हली’लाई छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि सामूहिक चेतना जगाउने सामाजिक उत्तरदायित्व बोकेको सशक्त चलचित्रका रूपमा समेत चित्रण गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट