‘आहा राजै’ सार्वजनिक

काठमाडौं, १ साउन ।

गायक राजेश पायल राई तथा गायिका मेलिना राईको स्वर रहेको ‘आहा राजै’ सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका मेलिना राईको स्वर रहेक गीतले भावनात्मक शब्द, सुमधुर संगीत र उत्कृष्ट प्रस्तुति मार्फत श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ ।

गीतका शब्द सुवास अधिकारी ‘एक्लो मान्छे’ ले लेखेका हुन् भने संगीत बसन्त सापकोटाले दिएका छन् । एक्लोपन, सम्झना, प्रेम र जीवनका भावनात्मक अनुभूतिलाई सरल र मार्मिक रूपमा प्रस्तुत गरिएको गीतले धेरै श्रोताको मन छुने विश्वास गरिएको निर्माण पक्षले जनाएको छ ।

गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन् भने रेकर्डिङ ड्रिम्स स्टुडियोमा सम्पन्न गरिएको हो । प्राविधिक पक्षलाई पनि उच्चस्तरीय बनाउने प्रयास गरिएको निर्माण टोलीको भनाइ छ ।

गीतको भिडियोमा कमल सिंह र दीपा न्यौपानेको अभिनय रहेको छ । उनीहरूको स्वाभाविक अभिनय र गीतको भावअनुसारको प्रस्तुतिले भिडियोलाई थप आकर्षक बनाएको छ । भिडियोमा प्रेम, बिछोड र एक्लोपनको अनुभूतिलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ।

पूरा म्युजिक भिडियो हेर्न हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट