भरतपुर, २९ असार ।
ज्योति युवा क्लब, भरतपुर–८ को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले जीवलाल पौडेल (जीवन) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कडेलको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष उपेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबलाई विभिन्न समयमा सहयोग पुर्याउने आमा समूह तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सचिव जीवलाल पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्वअध्यक्षहरू बुद्धिसागर कँडेल, तुलसीराम गौतम, भानुभक्त कँडेल, ज्ञानहरि कँडेल, उमानन्द कँडेल, शोभाखर कँडेल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक भूमिराज तिवारीका अनुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । २०५६ सालमा स्थापना भएको क्लबले आगामी वर्ष रजत महोत्सव मनाउने नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।





