चितवन कारागारमा ज्ञान र स्वास्थ्यको उपहार : ३१२ पुस्तक र १०० प्याकेट सेनेटरी प्याड हस्तान्तरण

चितवन, २१ असार ।
लियो क्लब अफ भरतपुर युथ र लायन्स क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा जिल्ला कारागार चितवनमा कैदीबन्दीहरूको ज्ञान, स्वास्थ्य र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

“गौरवका साथ सेवा” भन्ने मूल नारासहित आइतबार आयोजित कार्यक्रममा लियो जिल्ला परिषद ३२५ आर नेपालका अध्यक्ष लियो लायन गौरव उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो संगम पोखरेल, क्लबका पदाधिकारी तथा विभिन्न दाताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमअन्तर्गत कारागारभित्र रहेका कैदीबन्दीहरूको मानसिक विकास, अध्ययन संस्कृतिको प्रवर्द्धन र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विधाका ३१२ थान पुस्तक कारागार प्रशासनलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी महिला कैदीबन्दीहरूको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै १०० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको थियो ।

यसका अतिरिक्त कारागारभित्र खेलकुद तथा प्रशासनिक कार्यमा सहयोग पुग्ने गरी एक सेट र्‍याकेट र ए–४ साइजको कागजसमेत उपलब्ध गराइएको क्लबले जनाएको छ ।

पुस्तक तथा सामग्री संकलनमा बालचन्द्र पोखरेल (५५ पुस्तक र १०० प्याकेट सेनेटरी प्याड), होमनाथ घिमिरे (४६ पुस्तक), दीपक ढुङ्गाना (४० पुस्तक र एक प्याकेट ए–४ पेपर), जनकराज घिमिरे (३२ पुस्तक), मनकामना पुस्तक पसल (३० पुस्तक) लगायत रवि खरेल, मिलन न्यौपाने, प्रकाश सिग्देल, सम्पूर्ण किताब नारायणगढ, गण्डकी पुस्तक पसल भरतपुर, ज्ञानेन्द्र शर्मा, स्मार्ट स्टेसनरी भरतपुर र दीपेन्द्र घिमिरेले महत्वपूर्ण योगदान दिएका थिए ।

कारागार प्रशासनले क्लबको मानवीय पहलको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ । क्लबका अध्यक्ष लियो संगम पोखरेलले आगामी दिनमा पनि यस्ता सेवामूलक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट