गायक हेमन्त शर्माको नयाँ डान्सिङ नम्बर ‘काली तरेर आउँछु’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ डान्सिङ नम्बर ‘काली तरेर आउँछु, कोशी तरेर आउँछु’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा स्वर स्वयं शर्माकै रहेको छ । गीति भिडियो शर्माको अफिसियल युट्युब च्यानलबाट बिहीबार प्रिमियर गरिएको हो ।

गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् भने ध्वनि मिश्रण तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन राहुल शाहले गरेका छन् । भिडियोमा राहुल शाह, बीना राउत तथा टिम भाइब एन्ड वेभको अभिनय तथा नृत्य देख्न सकिन्छ।

पप गीतबाट सांगीतिक यात्रा सुरु गरेका शर्मा पछिल्ला वर्षहरूमा आधुनिक गीत, लोकदोहोरी तथा विभिन्न शैलीका गीतमार्फत आफूलाई स्थापित गर्दै आएका छन्। फरक–फरक विधामा निरन्तर प्रयोग गर्न रुचाउने शर्माले यसपटक डान्सिङ नम्बरमार्फत दर्शक तथा श्रोतामाझ नयाँ प्रस्तुति ल्याएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट