क्रिस्टियानो रोनाल्डो ले फिफा विश्वकप इतिहासमा अर्को महत्त्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डो बुधबार डीआर कंगोविरुद्धको फिफा विश्वकप २०२६ को पहिलो खेलमा ४१ वर्ष १३२ दिनको उमेरमा सुरुआती रोजाइमा मैदानमा उत्रिँदै विश्वकप इतिहासमा खेल सुरु गर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने ।
यससँगै रोनाल्डोले अर्को दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् । उनी लियोनल मेस्सी पछि छ वटा फिफा विश्वकप खेल्ने दोस्रो फुटबल खेलाडी बनेका छन् ।
लामो अन्तर्राष्ट्रिय करियरका बावजुद रोनाल्डोले विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा निरन्तर उपस्थिति जनाउँदै नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेका छन्





