विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट चलनचल्तीमा

काठमाडौं, ३ असार ।
नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार, रङ तथा समग्र डिजाइन अघिल्लो नोटसँग मिल्दोजुल्दो रहे पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा आवश्यक परिमार्जन गरिएको छ । यसबाट नोटको प्रमाणीकरण प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बजारमा जारी गरिएका नयाँ नोटहरूको संकेत नम्बर ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ सिरिजका नोट प्रचलनमा आए पनि हाल प्रचलनमा रहेका पुराना ५०० रुपैयाँका नोटहरू भने कानुनी रूपमा यथावत् चलनचल्तीमा रहनेछन् । राष्ट्र बैंकले क्रमिक रूपमा नयाँ सिरिजका नोट बजारमा पठाउँदै जाने तयारी गरेको जनाएको छ ।

यससँगै गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नोट औपचारिक रूपमा बजारमा प्रवेश गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट