ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट बत्ती, रातिको यात्रा थप सुरक्षित हुने अपेक्षा

ललितपुर, ३ असार । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–सातदोबाटो सडकखण्डमा अत्याधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान कार्यलाई तीव्र बनाइएको छ । बढ्दो सवारी चाप तथा रातिको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्दै सडक सुरक्षामा सुधार गर्ने उद्देश्यसहित व्यस्त सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो । स्मार्ट प्रविधियुक्त एलईडी बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन यात्रा थप सहज, उज्यालो […]
विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट चलनचल्तीमा

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार, रङ तथा समग्र डिजाइन अघिल्लो नोटसँग मिल्दोजुल्दो रहे पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा आवश्यक परिमार्जन गरिएको छ । यसबाट नोटको […]
‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको निर्देशन सविन कुमार तोलाङगीले गरेका हुन्। चन्द्रकला प्रसाई (रचना) को शब्द रहेको गीतमा रिमेश थापाको संगीत छ। प्रेम र आकर्षणको भावनामा आधारित भिडियोमा आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय […]
मेस्सीले पुर्याए १४ गोल

छैटौँ विश्वकप खेलिरहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले आफ्नो २७औँ विश्वकप खेलमै विश्वकप गोल संख्या १४ पुर्याएका छन् । अल्जेरियाविरुद्धको खेलको १७औँ मिनेटमा गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा जर्मनीका गर्ड मुलर र फ्रान्सका केलिएन एमबाप्पेसँग संयुक्त रूपमा तेस्रो स्थानमा उक्लिएका छन् । तीनै जनाको नाममा समान १४ गोल रहेको छ । विश्वकप […]