‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको निर्देशन सविन कुमार तोलाङगीले गरेका हुन्।

चन्द्रकला प्रसाई (रचना) को शब्द रहेको गीतमा रिमेश थापाको संगीत छ। प्रेम र आकर्षणको भावनामा आधारित भिडियोमा आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय रहेको छ।

भिडियोको छायांकन सन्तोष सुनारले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्। अकौस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज साहस साक्यले गरेका हुन्।

छहारी मल्टिमिडिया प्रा.लि.को प्रस्तुति रहेको भिडियो भक्तपुरको गुण्डु क्षेत्रमा छायांकन गरिएको हो। भिडियो साझा अनलाइन टिभीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library