ललितपुर, ३ असार ।
‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–सातदोबाटो सडकखण्डमा अत्याधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान कार्यलाई तीव्र बनाइएको छ ।
बढ्दो सवारी चाप तथा रातिको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्दै सडक सुरक्षामा सुधार गर्ने उद्देश्यसहित व्यस्त सडकखण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।
स्मार्ट प्रविधियुक्त एलईडी बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन यात्रा थप सहज, उज्यालो र सुरक्षित हुने अपेक्षा गरिएको छ । यी बत्तीहरूले कम ऊर्जा खपत गर्दै आवश्यकता अनुसार प्रकाशको तीव्रता नियन्त्रण गर्न सक्ने विशेषता बोकेका छन् ।
यस प्रविधिले ऊर्जा बचतमा सहयोग पुर्याउनुका साथै ललितपुरको सहरी सौन्दर्य र सडक सुरक्षालाई समेत नयाँ स्तरमा पुर्याउने विश्वास गरिएको छ ।





