पालुङटारमा नगरस्तरीय आधारभूत अस्पताल उद्घाटन, पाँच वडाका नागरिक लाभान्वित हुने

गोरखा, १ असार ।
पालुङटार नगरपालिका–६ स्थित गाइखुर स्वास्थ्य चौकी, भोटेकाटेलाई स्तरोन्नति गरी निर्माण गरिएको नगरस्तरीय आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार स्थापना गरिएको अस्पताल एक विशेष समारोहबीच सञ्चालनमा ल्याइएको हो ।

वडा नम्बर ६ का वडाध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डेलगायत जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

उद्घाटन समारोहमा नगर प्रमुख चिन्तनले अस्पताल सञ्चालनसँगै वडा नम्बर ६, ७, ८, ९ र १० का नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा विशेषज्ञ सेवासहित सुविधा सम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान समेत गरिएको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई नजिकबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अस्पतालले स्थानीय स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट