पालुङटारमा नगरस्तरीय आधारभूत अस्पताल उद्घाटन, पाँच वडाका नागरिक लाभान्वित हुने

गोरखा, १ असार । पालुङटार नगरपालिका–६ स्थित गाइखुर स्वास्थ्य चौकी, भोटेकाटेलाई स्तरोन्नति गरी निर्माण गरिएको नगरस्तरीय आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार स्थापना गरिएको अस्पताल एक विशेष समारोहबीच सञ्चालनमा ल्याइएको हो । वडा नम्बर ६ का वडाध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथि रहनुभएको […]

वाग्मती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३४.३१ प्रतिशत र पुँजीगत तर्फ ६५.६९ प्रतिशत गरी ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र […]

बागमती प्रदेश खेलकुदका लागि चितवनका २०५ खेलाडीलाई ट्र्याकसुटसहित भव्य बिदाइ

चितवन, १ असार । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्रीसहित बिदाइ गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार एक कार्यक्रम आयोजना गरी खेलाडी तथा प्रशिक्षकलाई ट्र्याकसुटसहित बिदाइ गरेको हो । असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने […]

लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्न अमेरिका र इरान सहमत

लामो समयदेखि खाडी क्षेत्रलाई युद्धको भुमरीमा धकेलेको अमेरिका र इरानबिचको सैन्य तनावमा अचानक एउटा सुखद र ऐतिहासिक ‘टर्निङ प्वाइन्ट’ आएको छ । महिनौँको रक्तपात र विश्वव्यापी आर्थिक मन्दीको डरपछि अन्ततः दुवै देश युद्धविरामको प्रारम्भिक सम्झौतामा पुगेका छन् । ​यो सम्झौतासँगै ट्रम्प प्रशासनले इरानमाथिको कडा आर्थिक नाकाबन्दी हटाउने निर्णय गरेको छ भने इरानले विश्वकै सबैभन्दा संवेदनशील […]

अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौता, जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर

काठमाडौं, १ असार । लामो समयदेखि जारी तनाव र सैन्य संघर्ष अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । दुवै देशले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्न सहमति जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत सघन वार्तापछि शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका […]

चितवनमा एकैदिन तीन जनाको मृत्यु, दुई शव फेला

मकवानपुर, १ असार । चितवन जिल्लामा शनिबार एकैदिन तीन जनाको मृत्यु भएको छ । दुई जनाको शव विभिन्न स्थानमा फेला परेको छ भने मानवसेवा आश्रममा आश्रित एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सम्पर्कविहीन भएका एक पुरुषको शव भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनार (ड्याम साइड) क्षेत्रमा फेला परेको छ । नदीले बगाएर […]