अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौता, जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर

काठमाडौं, १ असार ।
लामो समयदेखि जारी तनाव र सैन्य संघर्ष अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । दुवै देशले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्न सहमति जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत सघन वार्तापछि शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन् । उनका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा सम्झौतामा औपचारिक हस्ताक्षर गरिनेछ। कतार, साउदी अरब र टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्रधानमन्त्री शरिफले वासिङ्टन र तेहरानले कूटनीतिक समाधान रोजेकोमा धन्यवाद दिँदै मध्यस्थतामा सहयोग पुर्‍याएका देशहरूको नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । सम्झौता कार्यान्वयनका लागि यसै साता प्राविधिक तथा तयारीसम्बन्धी बैठकहरू सञ्चालन हुने पनि उनले बताएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत इरानसँगको सम्झौता सम्पन्न भएको पुष्टि गरेका छन् । उनले हर्मुज जलडमरुमध्यलाई करमुक्त रूपमा पुनः सञ्चालन गर्न तथा अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिएको घोषणा गरेका छन् ।

“विश्वका जहाजहरू, आफ्नो इन्जिन सुरु गरौँ, तेलको प्रवाह फेरि सुचारु होस्,” भन्दै ट्रम्पले यस उपलब्धिलाई ऐतिहासिक भन्दै सबैलाई बधाई दिएका छन् ।

यद्यपि, सम्झौताका सबै विस्तृत प्रावधानहरू सार्वजनिक भइसकेका छैनन् र इरानको आणविक कार्यक्रमलगायत केही महत्वपूर्ण विषयमा थप वार्ता हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट