वाग्मती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३४.३१ प्रतिशत र पुँजीगत तर्फ ६५.६९ प्रतिशत गरी ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गर्नु भएको हो ।

बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ, संचित कोष बचत विविध बचत १२ अर्ब ७६ ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको छ ।

बजेट कार्यक्कोरम हेर्न लिङ्कमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट