चार कविका १६ कविता वाचन : नवसाहित्य मञ्जरीको कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, २३ जेठ ।
नवसाहित्य मञ्जरी, चम्पानगर–चितवनको आयोजनामा आज चार प्रतिष्ठित कविहरूका कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा कविहरू गोविन्दराज विनोदी, केशवराज आमोदी, पोषराज पौडेल तथा शिवराज लामिछानेले आफ्ना चार/चार वटा कविता वाचन गरेका थिए । कुल १६ कविताको प्रस्तुति रहेको कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कविहरूले समसामयिक विषयवस्तु, मानवीय संवेदना, समाज, संस्कृति तथा जीवनका विविध आयामलाई समेटिएका कविता प्रस्तुत गरेका थिए । कविता वाचनपछि सहभागीहरूले कवितामाथि संक्षिप्त प्रतिक्रिया तथा साहित्यिक विमर्शसमेत गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले साहित्यिक सिर्जना र वाचनका यस्ता कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । नवसाहित्य मञ्जरीले निरन्तर रूपमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट