चार कविका १६ कविता वाचन : नवसाहित्य मञ्जरीको कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, २३ जेठ । नवसाहित्य मञ्जरी, चम्पानगर–चितवनको आयोजनामा आज चार प्रतिष्ठित कविहरूका कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कविहरू गोविन्दराज विनोदी, केशवराज आमोदी, पोषराज पौडेल तथा शिवराज लामिछानेले आफ्ना चार/चार वटा कविता वाचन गरेका थिए । कुल १६ कविताको प्रस्तुति रहेको कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । […]

जन्तर–मन्तरमा कक्रोज जनता पार्टीको विशाल प्रदर्शन

काठमाडौं, २३ जेठ । भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध आन्दोलनस्थल जन्तर–मन्तरमा कक्रोज जनता पार्टी (CJP) ले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको छ । सामाजिक तथा राजनीतिक मुद्दाहरूलाई व्यङ्ग्यात्मक शैलीमा उठाउँदै आएको यो अभियानले शिक्षा, रोजगारी तथा सरकारी जवाफदेहितासम्बन्धी विभिन्न माग राख्दै धर्ना तथा प्रदर्शन थालेको हो । प्रदर्शनमा देशका विभिन्न क्षेत्रबाट आएका विद्यार्थी, रोजगारीका आकांक्षी […]

भन्सार जाँचपास प्रकरण : रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी विभाग तानिए

काठमाडौं, २३ जेठ । विद्युतीय सवारीसाधन (ईभी) आयात तथा भन्सार जाँचपास प्रक्रियामा अनियमितता भएको आशंकापछि अर्थ मन्त्रालयले रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित नौ कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानेको छ । यसैबीच मुस्ताङको कोरला नाका हुँदै भित्रिएका ईभी गाडीहरूको जाँचपासबारे छानबिन गर्न मन्त्रालयको संयुक्त टोली स्थलगत अनुसन्धानमा खटिएको छ । अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले रसुवागढी […]

साँग्रिला बोर्डिङमा नमुना निर्वाचन सम्पन्न

राप्ती, २३ जेठ । राप्ती नगरपालिका–५, भण्डारास्थित साँग्रिला ईङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले नमुना विद्यालय निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमार्फत छात्र प्रमुख, छात्रा प्रमुख तथा चारवटा सदनका प्रमुख र उपप्रमुख चयन गरिएको विद्यालयका प्रिन्सिपल गोकुल सिलवालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूलाई निर्वाचन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, मताधिकारको प्रयोग तथा […]