जन्तर–मन्तरमा कक्रोज जनता पार्टीको विशाल प्रदर्शन

काठमाडौं, २३ जेठ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध आन्दोलनस्थल जन्तर–मन्तरमा कक्रोज जनता पार्टी (CJP) ले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको छ । सामाजिक तथा राजनीतिक मुद्दाहरूलाई व्यङ्ग्यात्मक शैलीमा उठाउँदै आएको यो अभियानले शिक्षा, रोजगारी तथा सरकारी जवाफदेहितासम्बन्धी विभिन्न माग राख्दै धर्ना तथा प्रदर्शन थालेको हो ।

प्रदर्शनमा देशका विभिन्न क्षेत्रबाट आएका विद्यार्थी, रोजगारीका आकांक्षी युवा, अभिभावक तथा सामाजिक अभियन्ताहरू सहभागी भएका छन् । आन्दोलनकारीहरूले परीक्षा प्रणालीमा देखिएका अनियमितता, प्रश्नपत्र चुहावट, रोजगारीको अभाव तथा युवाका समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

कक्रोज जनता पार्टीका संस्थापक अभिजित दीपकेले प्रदर्शन शान्तिपूर्ण र अनुशासित रहने बताएका छन् । उनले आन्दोलन कुनै राजनीतिक दलविरुद्ध नभई युवाहरूका आवाज र सरोकारलाई उठाउने उद्देश्यले आयोजना गरिएको बताएका छन् ।

प्रदर्शनको मुख्य मागमध्ये केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार, भर्ती प्रक्रियामा पारदर्शिता तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय रहेका छन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै जन्तर–मन्तर तथा आसपासका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । सयौँ प्रहरी परिचालन गरिएको छ भने केही स्थानमा सुरक्षा घेरा तथा अवरोधसमेत खडा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केही साताअघि सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको कक्रोज जनता पार्टी छोटो समयमै लाखौँ युवामाझ लोकप्रिय बनेको थियो । अनलाइन अभियानबाट सुरु भएको यो आन्दोलन अहिले सडक प्रदर्शनसम्म पुगेपछि भारतको युवा राजनीतिमा नयाँ बहस सुरु भएको विश्लेषकहरूले बताएका छन् ।

(विभिन्न भारतीय सञ्चारमाध्यमहरूबाट सङ्कलन गरिएको)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट