देवचुली मिनी मार्केट र मल्टिप्लेक्सले आर्थिक गतिविधि बढायो

देवचुली, ४ जेठ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका- १५ प्रगतिनगरमा सञ्चालनमा आएको देवचुली मिनी मार्केट तथा देवचुली मल्टिप्लेक्स (INI Cinema)ले स्थानीय आर्थिक गतिविधिलाई नयाँ गति दिएको छ । आधुनिक व्यापारिक सुविधा र मनोरञ्जनलाई एकै स्थानमा केन्द्रित गरिएपछि देवचुली क्षेत्रको बजारीकरणमा समेत सकारात्मक प्रभाव परेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

२०८२ सालदेखि सञ्चालनमा आएको देवचुली मल्टिप्लेक्स जिल्लाकै सुविधासम्पन्न सिनेमा हलका रूपमा परिचित बन्दै गएको छ । फराकिलो हल, आरामदायी कुर्सी, कर्णप्रिय ध्वनी प्रणाली, वातानुकूलित सेवा तथा आधुनिक प्रविधिसहित सञ्चालनमा रहेको हलमा नेपाली चलचित्रका नयाँ रिलिज नियमित प्रदर्शन भइरहेका छन् । फिल्म हल २०८२ माघ १ गते दिउँसो १२ बजे मिरमिरे फिल्मबाट औपचारिक प्रदर्शन गरिएको हो । आफ्नै नगरमा सुविधाजनक सिनेमा हल खुलेपछि चलचित्र हेर्नका लागि अन्य शहर पुग्नुपर्ने बाध्यता कम भएको स्थानीय दीपक न्यौपानेले बताएका छन् ।

देवचुली मल्टिप्लेक्सका सञ्चालक देव भुसाल हुन् । प्रगतिनगर निवासी भुसाल हाल अमेरिकामा बसोबास गर्दै आए पनि आफ्नै क्षेत्रको विकास र लगानी विस्तार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा ल्याएका हुन् ।

मल्टिप्लेक्ससँगै सञ्चालित देवचुली मिनी मार्केटमा दैनिक उपभोग्य वस्तुको किनमेल सुविधा उपलब्ध छ । यसका अतिरिक्त चिल्ड्रेन पार्क, स्विमिङ पुल, डान्स क्लास, आर्ट अफ लिभिङ तथा हाइवे क्याफेजस्ता सेवा पनि एउटै परिसरमा सञ्चालनमा रहेका छन् ।

स्थानीय स्तरमै व्यापार र मनोरञ्जनको सेवा उपलब्ध भएपछि देवचुली तथा पूर्वी नवलपरासीबासीले सहज सुविधा पाएका छन् । यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक व्यापार चलायमान बनाउन पनि सहयोग पुगेको बताइएको छ ।

सञ्चालक भुसालले देवचुली क्षेत्रलाई व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्दै स्थानीयवासीलाई आवश्यक सबै प्रकारका सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने लक्ष्यसहित योजना अघि बढाइएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट