इन्धन संकटको संकेत : `छोटो दूरीमा साइकल, साझा सवारी र मितव्ययी प्रयोग अपनाऔँ´
भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १० ले इन्धनको मितव्ययी प्रयोग गर्न तथा वैकल्पिक उपाय अवलम्बन गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ । वडा कार्यालयले आइतबार सार्वजनिक गरेको सूचनामा पछिल्लो समय विश्वका विभिन्न स्थानमा देखिएका द्वन्द्व र युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या सिर्जना भएको र त्यसको असर नेपालमा समेत देखिन […]
मकवानपुरमा चार साहित्यिक स्रष्टा सम्मानित हुने

मकवानपुर, ४ जेठ । मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले हेटौंडामा आयोजना गर्न लागेको ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा चार जना साहित्यिक स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले गजलकार प्रदीप रोदनलाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, साहित्यकार राजकुमार लामिछानेलाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्दकवि बासुदेव पाण्डेय ‘प्रभाकर’लाई ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ तथा स्वस्तिका बानियाँलाई ‘मंगलादेवी […]
देवचुली मिनी मार्केट र मल्टिप्लेक्सले आर्थिक गतिविधि बढायो

देवचुली, ४ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका- १५ प्रगतिनगरमा सञ्चालनमा आएको देवचुली मिनी मार्केट तथा देवचुली मल्टिप्लेक्स (INI Cinema)ले स्थानीय आर्थिक गतिविधिलाई नयाँ गति दिएको छ । आधुनिक व्यापारिक सुविधा र मनोरञ्जनलाई एकै स्थानमा केन्द्रित गरिएपछि देवचुली क्षेत्रको बजारीकरणमा समेत सकारात्मक प्रभाव परेको स्थानीय व्यवसायीहरूको भनाइ छ । २०८२ सालदेखि सञ्चालनमा आएको देवचुली मल्टिप्लेक्स […]
‘बखान’ले उजागर गर्यो चितवनको लुकेको इतिहास र गुमनाम योद्धाको संघर्ष

काठमाडौं, ४ जेठ । लेखक तथा पत्रकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती विकाससँगै तत्कालीन सामाजिक–आर्थिक अवस्था, प्रजातन्त्र स्थापनाका लागि भएका संघर्ष र गुमनाम योद्धाको योगदानलाई उजागर गरेको चर्चा गरिएको छ । शिखा बुक्सद्वारा आइतबार आयोजित ‘बखान’ उपन्यासमाथिको अन्तरसंवाद कार्यक्रममा सहभागी साहित्यकार र समीक्षकहरूले उक्त कृतिले इतिहासका ओझेलमा परेका पात्रलाई नयाँ पुस्तासम्म पुर्याउन सफल […]
गाडी रिजर्भ गरेर कोटिहोम महायज्ञ पुग्दै भक्तजन, सामूहिक दर्शनमा बढ्दो आकर्षण

चितवन, ४ जेठ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनहरू गाडी नै रिजर्भ गरेर सामूहिक रूपमा दर्शनका लागि पुग्न थालेका छन् । विभिन्न टोल विकास संस्था, आमा समूह तथा धार्मिक संघसंस्थामा आबद्ध भक्तजनले समूह बनाएर महायज्ञमा सहभागिता जनाउन थालेपछि धार्मिक वातावरण थप उत्साहपूर्ण बन्दै गएको छ । महायज्ञमा पुग्ने भक्तजनहरूले दर्शनसँगै […]