गैरआख्यान कृति ‘नेपाल गाथा’लाई एक लाख राशिको उत्तम शान्ति पुरस्कार

काठमाडौं, ३ जेठ ।
प्रख्यात तीर्थबहादुर श्रेष्ठ द्वारा लिखित गैरआख्यान कृति नेपाल गाथा लाई २०८२ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये उत्कृष्ट कृतिलाई उत्तम कुँवर स्मारक पुरस्कार गुठी ले २०४४ सालदेखि एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

गुठीका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिना को अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नेपाल गाथा’ ले नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता तथा पर्यावरणीय विशेषतालाई रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको निष्कर्ष निकाल्दै लेखक श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

`नेपाल गाथा´ पुस्तक बुक हिल पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट