नमूना मतदानमार्फत शुभारम्भ एकाडेमीले सिकायो लोकतान्त्रिक अभ्यास

रत्ननगर, ३ जेठ ।

रत्ननगर नगरपालिका–१० हरिहरटोलस्थित शुभारम्भ एकाडेमीमा आइतबार विद्यार्थीहरूबीच नमूना निर्वाचन सम्पन्न गरिएको छ । विद्यालयमा लोकतान्त्रिक अभ्यास र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख रिस्ता अधिकारीले प्रमुख निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको उक्त निर्वाचनमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत निर्वाचन सामग्री प्रयोग गरी प्रजातान्त्रिक पद्धतिअनुसार मतदान सम्पन्न गरिएको विद्यालयले जनाएको छ । निर्वाचनबाट एक जना हेड ब्वाय, एक जना हेड गर्ल तथा चार हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।

मतगणनाको परिणामअनुसार कक्षा ९ का छात्र अनुप क्षेत्री हेड ब्वाय र कक्षा ९ कै छात्रा कृतिका न्यौपाने हेड गर्लमा निर्वाचित भएका छन् । यस्तै, रेड हाउसको क्याप्टेनमा दिया रानामगर तथा भाइस क्याप्टेनमा निकिता पौडेल, ब्लु हाउसको क्याप्टेनमा अल्का चौधरी तथा भाइस क्याप्टेनमा सविता महतो, यलो हाउसको क्याप्टेनमा संसार थापा तथा भाइस क्याप्टेनमा सिद्धान्त राउत र ग्रीन हाउसको क्याप्टेनमा सुप्रीम चौधरी तथा भाइस क्याप्टेनमा सुमित मर्दनिया विजयी भएका छन् ।

मतदान अधिकृत तथा बाल क्लब संयोजक शिक्षक सुवाष पौडेल र सहायक मतदान अधिकृत शारदा भण्डारीले विजयी उम्मेदवारहरूको घोषणा गर्नुभएको थियो । निर्वाचन प्रक्रियामा हाउस प्रमुख शिक्षकहरू अंकित पौडेल, मिना राना पाण्डे, रेजिना महतो र सुनिता पौडेलले विद्यार्थीहरूलाई निर्वाचन प्रक्रिया, आचारसंहिता तथा मतदाता र उम्मेदवारको भूमिकाबारे जानकारी गराउँदै निर्वाचन कर्मचारीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

कार्यक्रममा शिक्षक चुना घिमिरे पौडेलले पर्यवेक्षक तथा अनुरोध पौडेलले सूचना अधिकारीको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका सहप्राचार्य भिमा कुमारी थापाले प्रत्येक वर्ष विद्यार्थीहरूबाट लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै बाल क्लब गठन गरिने र सोही अभ्यासलाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो ।

विद्यालयका प्राचार्य पशुपति उपाध्यायले निर्वाचन सामग्री उपलब्ध गराएकोमा जिल्ला निर्वाचन कार्यालय तथा बिदाको दिनमा पनि विद्यार्थी उपस्थित गराउन सहयोग गर्ने अभिभावकप्रति आभार व्यक्त गर्दै विजेता तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिनुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट