कविडाँडाबाट पौडेल र पराजुली सम्मानित हुने

चितवन, २१ वैशाख ।
कविडाँडा साहित्य समाज चितवनले अग्रज स्रष्टा पोषराज पौडेल र पत्रकार तथा लेखक वसन्त पराजुलीलाई सम्मानित गर्ने भएको छ । ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीमा आधारित उपन्यास ‘बखान’का लागि पराजुलीलाई कविडाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ ।

कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’ का लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला रहेको छ ।

‘बखान’ उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो ।

यसैगरी, कविडाँडा साहित्य समाजले यस वर्षको ‘देव खिना स्मृति पुरस्कार’ चितवनका वरिष्ठ साहित्यकार पोषराज पौडेललाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि पनि १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याएका अग्रज स्रष्टालाई यो पुरस्कार दिने गरिएको छ ।

दुवै पुरस्कार आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा वितरण गरिने आयोजक संस्थाका सचिव लेखराम सापकोटाले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट