गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं, ९ वैशाख ।
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी दिएका छन् ।

उनले पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो  सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएकाले राजीनामा दिएको जनाएका छन् ।

उनले आफ्ना लागि पदभन्दा ठुलो कुरा नैतिकता भएकाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । जनविश्वासभन्दा ठुलो शक्ति अरू कुनै हुँदैन भन्दै उनले  आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको आन्दोलनले पनि यही सन्देश दिएको बताए ।

उनले  सार्वजनिक जीवन स्वच्छ र  नेतृत्व उत्तरदायी हुनुपर्छ भन्दै ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो भनेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट