काठमाडौं, २८ चैत ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता प्रक्रिया एक हप्ताभित्र टुङ्गिने बताएका छन् ।
पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले केन्द्रीय संयोजन कमिटीले सात दिनभित्र बैठक बसेर आवश्यक छलफल गर्ने र निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार ४५ सदस्यीय कमिटीले राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट तथा कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनका मुद्दामाथि गम्भीर रूपमा विचार विमर्श गर्नेछ । सदस्यहरूले राखेका सबै धारणा मन्थन गरेर साझा निष्कर्ष निकालिने उनले बताए ।




